टेक्निकल एनालिसिस — सजिलो नेपालीमा | Bamdev Digital Library
NEPSE ▼ 2672.25 (−0.04%)  •  क्यान्डलस्टिक बुझ्नुहोस्  •  ट्रेन्ड लाइन कोर्नुहोस्  •  भोल्युमसँग कन्फर्म गर्नुहोस्  •  NEPSE ▲ पूँजी बजार सिकाइ  •  ब्रेकआउट पर्खनुहोस्, हतार नगर्नुहोस्  •  जोखिम व्यवस्थापन नै पहिलो नियम हो  • 
बेसिक कोर्स · सजिलो नेपाली भाषामा

सेयर बजार चार्ट पढ्न सिक्नुहोस्
क्यान्डलस्टिकको भाषामा

यो गाइड नयाँ लगानीकर्ता र ट्रेडरहरूका लागि बनाइएको हो। कठिन अंग्रेजी शब्दावली भन्दा पनि, चित्र र उदाहरणले क्यान्डलस्टिक, ट्रेन्ड र चार्ट प्याटर्न सजिलैसँग बुझाउने प्रयास गरिएको छ — ताकि तपाईले आत्मविश्वासका साथ कारोबार सुरु गर्न सक्नुहोस्।

३ अध्यायक्यान्डलस्टिक · ट्रेन्ड · चार्ट प्याटर्न
१५+ वर्षबजार अनुभवमा आधारित
Bamdev Pokharelwww.baas.org.np/
भूमिका

टेक्निकल एनालिसिस भनेको के हो?

बुझ्नुभन्दा पहिले, यसको जग बसाल्नु जरुरी छ।

टेक्निकल एनालिसिस भनेको मूल्य (price) को उतार-चढाव र बजारको व्यवहारलाई चार्ट, प्याटर्न र इन्डिकेटरको सहायताले अध्ययन गरेर भविष्यको मूल्य दिशा अनुमान गर्ने तरिका हो। यसको मूल मान्यता के हो भने — मूल्यले सबै कुरा प्रतिबिम्बित गर्छ (price discounts everything), र इतिहास प्रायः दोहोरिन्छ

यसका मुख्य आधार तत्व हुन्: प्राइस एक्सन र क्यान्डलस्टिक बनोट बुझ्नु, सपोर्ट-रेजिस्टेन्स क्षेत्र कोर्नु, र चार्ट प्याटर्न चिन्नु।

  • Bull Market / Bull Trend / Uptrend — मूल्य माथि जाने अवस्था
  • Bear Market / Bear Trend / Downtrend — मूल्य तल जाने अवस्था

ट्रेडिङ बनाम इन्भेस्टिङ

ट्रेडिङ

  • छोटो समय (दिन, हप्ता वा महिना) मा मूल्यको उतार-चढावबाट बारम्बार नाफा लिने
  • टेक्निकल एनालिसिस, चार्ट प्याटर्न र सही समयमा भर पर्ने
  • बढी जोखिम र उतार-चढाव, तर छिटो नाफा (वा घाटा) को सम्भावना
  • निरन्तर निगरानी, छिटो निर्णय र भावनात्मक नियन्त्रण चाहिन्छ

इन्भेस्टिङ

  • लामो समय (वर्षौं वा दशकौं) का लागि, बिस्तारै धन वृद्धि गर्ने उद्देश्य
  • फन्डामेन्टल एनालिसिस — कम्पनीको आम्दानी, मूल्याङ्कन र आर्थिक ट्रेन्डमा भर पर्ने
  • दैनिक जोखिम कम, स्थिर प्रतिफलको खोजी
  • धैर्य र अनुशासन चाहिन्छ ताकि बजार चक्रभर टिक्न सकियोस्
अध्याय १

क्यान्डलस्टिक (Candlestick)

हरेक क्यान्डलले एउटा निश्चित समयमा भएको किनबेचको कथा भन्छ — कहाँबाट सुरु भयो, कहाँ पुग्यो, र कहाँ बन्द भयो।

क्यान्डलस्टिकको बनोट

High Close Open Low माथिल्लो सो-याना तल्लो सो-याना बडी बुलिस क्यान्डल Open Close बेयरिस क्यान्डल

बुलिस क्यान्डल: हरियो/सेतो रङको हुन्छ, जुन खुलेको भन्दा माथि बन्द हुन्छ — किनमेलको दबाब बलियो र मूल्य माथि गएको संकेत हो।

बेयरिस क्यान्डल: रातो/कालो रङको हुन्छ, जुन खुलेको भन्दा तल बन्द हुन्छ — बिक्रीको दबाब बलियो र मूल्य तल गएको संकेत हो।

दोजी (Doji)

जहाँ खुल्ने (Open) र बन्द हुने (Close) मूल्य लगभग उस्तै हुन्छ, त्यसलाई दोजी भनिन्छ — यसले बजारमा अन्योल वा निर्णय गर्न नसकेको अवस्था देखाउँछ।

दोजी क्यान्डल ग्रेभस्टोन क्यान्डल ड्र्यागनफ्लाई क्यान्डल

ह्यामर क्यान्डल बुलिस

ह्यामर — डाउनट्रेन्ड पछि सपोर्टमा

सानो बडी माथिपट्टि, लामो तल्लो सो-याना (बडीको कम्तीमा २ गुणा), माथिल्लो सो-याना लगभग नभएको। हरियो वा रातो दुवै रङको हुन सक्छ।

  • ठाउँ: डाउनट्रेन्ड पछि, सपोर्ट नजिक
  • अर्थ: बिक्रेताले मूल्य तल धकेल्न खोज्दा पनि किनेताले सम्हाले — बुलिस रिभर्सल संकेत

शूटिङ स्टार र ह्यान्गिङ म्यान बेयरिस

अपट्रेन्ड पछि रेजिस्टेन्समा

ह्यान्गिङ म्यानको आकार ह्यामरसँग मिल्दोजुल्दो हुन्छ, र शूटिङ स्टारको आकार इन्भर्टेड ह्यामरसँग मिल्दोजुल्दो हुन्छ।

  • ठाउँ: अपट्रेन्डको टुप्पोमा, रेजिस्टेन्स नजिक
  • अर्थ: सेसनभित्रै बिक्रेताले मूल्य ठूलो हिसाबले तल धकेल्न सक्षम भएको देखाउँछ — सम्भावित बेयरिस रिभर्सल

इन्गल्फिङ प्याटर्न (Engulfing)

बुलिस इन्गल्फिङ बेयरिस इन्गल्फिङ

बुलिस इन्गल्फिङ: डाउनट्रेन्ड पछि ठूलो हरियो क्यान्डलले अघिल्लो सानो रातो क्यान्डललाई पूर्ण रूपमा ढाक्दा बन्छ — माथितिर सम्भावित रिभर्सलको संकेत।

बेयरिस इन्गल्फिङ: अपट्रेन्ड पछि ठूलो रातो क्यान्डलले अघिल्लो सानो हरियो क्यान्डललाई पूर्ण रूपमा ढाक्दा बन्छ — तलतिर सम्भावित रिभर्सलको संकेत।

मर्निङ स्टार र इभिनिङ स्टार

मर्निङ स्टार — बलियो बुलिस रिभर्सल इभिनिङ स्टार — बलियो बेयरिस रिभर्सल
  • तीन क्यान्डलको प्याटर्न: पहिलो ठूलो बेयरिस (वा बुलिस), दोस्रो दोजी, तेस्रो ठूलो बुलिस (वा बेयरिस) टुप्पो नजिक बन्द हुने
  • डाउनट्रेन्ड (मर्निङ स्टार) वा अपट्रेन्ड (इभिनिङ स्टार) को अन्त्यमा देखिन्छ
  • कन्फर्मेसन: तेस्रो क्यान्डलले बलियो गरी बन्द हुनुपर्छ

स्पिनिङ टप तटस्थ

  • बजारमा अन्योल र सम्भावित रिभर्सलको संकेत
  • दुवैतिर लामो सो-याना हुन्छ
  • ट्रेन्डको जुनसुकै ठाउँमा देखिन सक्छ
  • अर्को क्यान्डलले नै दिशा टुंग्याउँछ

मोरुबुजु क्यान्डल

  • माथि वा तल कुनै सो-याना लगभग नभएको
  • ट्रेन्ड निरन्तरताको संकेत दिने क्यान्डल
  • शक्तिशाली किनमेल वा बिक्री दबाब देखाउँछ
  • ब्रेकआउट वा बलियो रिभर्सल कन्फर्म गर्न प्रयोग हुन्छ

थ्री ह्वाइट सोल्जर्स र थ्री ब्ल्याक क्रोज

थ्री ह्वाइट सोल्जर्स थ्री ब्ल्याक क्रोज

लगातार तीनवटा बुलिस (वा बेयरिस) क्यान्डलले माथि (वा तल) उच्च बन्द बनाउँदै जाँदा बन्ने बलियो निरन्तरता/रिभर्सल संकेत।

भोल्युम (Volume)

भोल्युम भनेको निश्चित समयमा कारोबार भएको कुल सेयर संख्या हो। बढी भोल्युमले बलियो बजार गतिविधि देखाउँछ र मूल्यको उतार-चढावको बल पुष्टि गर्न मद्दत गर्छ।

  • ठूलो बडी तर कम भोल्युम = नक्कली ब्रेकआउट हुन सक्छ
  • सानो बडी तर बढी भोल्युम = सम्भावित रिभर्सलको संकेत
  • सानो बडी = कमजोर सेन्टिमेन्ट, ठूलो बडी = बलियो सेन्टिमेन्ट
सही ट्रेडिङ निर्णयका लागि सधैं भोल्युमलाई क्यान्डलस्टिक प्याटर्न र अन्य टेक्निकल प्यारामिटरसँग जोडेर अध्ययन गर्नुहोस्।
अध्याय २

ट्रेन्ड (Trend)

बजार सधैं एउटै दिशामा जाँदैन — यसले माथि, तल वा छेउतिर यात्रा गर्छ। यो दिशा चिन्नु नै ट्रेडिङको जग हो।

ट्रेन्डका प्रकार

अपट्रेन्ड डाउनट्रेन्ड

सामान्यतया ट्रेन्ड तीन प्रकारमा देखिन्छ: अपट्रेन्ड (माथि), डाउनट्रेन्ड (तल), र साइडट्रेन्ड (छेउतिर, दायरामा)। यसका साथै च्यानल, ट्रेन्डलाइन र ट्रेन्डको लम्बाइ पनि महत्त्वपूर्ण अवधारणा हुन्।

ट्रेन्डलाइन — अपट्रेन्ड (HH / HL)

HH HH HL HL रेजिस्टेन्स HH = Higher High (माथिल्लो टुप्पो अझ माथि) HL = Higher Low (तल्लो थल्लो अझ माथि)

ट्रेन्डलाइन कोर्ने मुख्य उद्देश्य सपोर्ट र रेजिस्टेन्स तह पत्ता लगाउनु हो। मान्य ट्रेन्डलाइनले कम्तीमा दुई महत्त्वपूर्ण स्विङ लो (सपोर्टका लागि) वा स्विङ हाई (रेजिस्टेन्सका लागि) जोड्नुपर्छ। जति धेरै पटक छोइन्छ, ट्रेन्डलाइन त्यति नै बलियो र भरपर्दो हुन्छ। ट्रेन्डलाइन सामान्यतया क्यान्डल बडीमा आधारित हुन्छ, तर सो-याना (wick) मा आधारित पनि कोर्न सकिन्छ।

ट्रेन्डलाइन — डाउनट्रेन्ड (LH / LL)

LH LL LH LL LH = Lower High (माथिल्लो टुप्पो अझ तल) LL = Lower Low (तल्लो थल्लो अझ तल)

दुईवटा ट्रेन्डलाइन (सपोर्ट र रेजिस्टेन्स) सँगै भएमा त्यसलाई च्यानल भनिन्छ। सेयरको मूल्य यही च्यानलभित्र नै उतारचढाव गर्छ — अपट्रेन्ड, डाउनट्रेन्ड वा साइडट्रेन्ड सबै यही च्यानलभित्रै हुन्छ।

रोल रिभर्सल (Role Reversal)

पुरानो रेजिस्टेन्स नयाँ सपोर्ट ब्रेकआउट

जब मूल्यले रेजिस्टेन्स तह ब्रेक गर्छ, त्यही तह पछि नयाँ सपोर्ट बन्छ (र उल्टो पनि हुन्छ)। यसैलाई रोल रिभर्सल भनिन्छ — पुरानो रेजिस्टेन्स नयाँ सपोर्टमा वा पुरानो सपोर्ट नयाँ रेजिस्टेन्समा परिणत हुन्छ।

अध्याय ३

चार्ट प्याटर्न

धेरै क्यान्डल मिलेर बन्ने ठूला आकृतिहरूले बजारको अर्को चाल के होला भन्ने संकेत दिन्छन्।

असेन्डिङ र डिसेन्डिङ ट्राइएंगल

रेजिस्टेन्स लाइन असेन्डिङ (बुलिस) डिसेन्डिङ (बेयरिस)

असेन्डिङ ट्राइएंगल: किनेता आक्रामक भएको संकेत हो — नयाँ हाई लो (higher low) बन्दै जान्छ, रेजिस्टेन्स समथर रहन्छ।

डिसेन्डिङ ट्राइएंगल: बिक्रेता आक्रामक भएको संकेत हो — सपोर्ट समथर रहन्छ, रेजिस्टेन्स तल झर्दै जान्छ।

कप विथ ह्यान्डल र इन्भर्टेड कप विथ ह्यान्डल

कप विथ ह्यान्डल — बुलिस इन्भर्टेड कप — बेयरिस

मूल्यले कप (गोलाकार तल्लो आकार) बनाएपछि सानो ह्यान्डल (छोटो झर्ने भाग) बनाई पुनः माथि जाँदा बुलिस संकेत दिन्छ। ठीक उल्टो आकृति (इन्भर्टेड कप) बेयरिस संकेत हो।

डबल टप बेयरिस रिभर्सल

Head Head रेजिस्टेन्स सपोर्ट लाइन

मूल्यले उस्तै उचाइमा दुईपटक टुप्पो बनाई तल झर्दा डबल टप बन्छ। ब्रेकआउट पछि झर्ने दायरा सामान्यतया टुप्पो-देखि-सपोर्टको उचाइ जति नै हुन्छ।

डबल बटम बुलिस रिभर्सल

डबल लो रेजिस्टेन्स

मूल्यले उस्तै तहमा दुईपटक थल्लो (low) बनाई माथि जाँदा डबल बटम बन्छ — यो डबल टपको ठीक उल्टो, बुलिस रिभर्सल प्याटर्न हो।

मल्टिपल टप बेयरिस

रेजिस्टेन्समा दुईभन्दा बढी पटक टुप्पो बन्दा रेजिस्टेन्स झन् बलियो हुन्छ, र ब्रेकआउट पछि झर्ने दायरा टुप्पोको उचाइ जति हुन्छ।

मल्टिपल बटम बुलिस

सपोर्टमा दुईभन्दा बढी पटक थल्लो बन्दा सपोर्ट झन् बलियो हुन्छ — यो बुलिस रिभर्सल प्याटर्न हो।

राउन्डेड टप र बटम

राउन्डेड टप राउन्डेड बटम

बिस्तारै गोलाकार आकारमा मूल्य बदलिँदा राउन्डेड टप (बेयरिस) वा राउन्डेड बटम (बुलिस) बन्छ। यो प्याटर्न ढिलो तर स्थिर ट्रेन्ड परिवर्तनको संकेत हो।

याद राख्नुहोस्: कुनै पनि एउटा प्याटर्नले मात्र किन्ने वा बेच्ने निर्णय गर्नु हुँदैन। भोल्युम, ट्रेन्डलाइन र समग्र बजार परिस्थितिसँग मिलाएर मात्र निर्णय गर्नुहोस्, र सधैं जोखिम व्यवस्थापन (stop-loss) प्रयोग गर्नुहोस्।

एडभान्स्ड टेक्निकल एनालिसिसका गोप्य कुराहरू सिक्न चाहनुहुन्छ?

Bamdev Pokharel सँग सिक्नुहोस् — www.bass.org.np

WhatsApp मा सम्पर्क गर्नुहोस् · +977 985-803-0177
© Bamdev Pokharel · www.bass.org.np — यो सामग्री शैक्षिक उद्देश्यका लागि मात्र हो, लगानी सल्लाह होइन।