Latest Posts

Tuesday, June 2, 2020

HTML Basic Contents In Nepali

Bamdev Pokhrel

HTML Basic In Nepali

यदि तपाई नेपालीमा HTML राम्रोसँग सिक्न चाहानुहुन्छ भने तपाईलाई Syllabus थाहा पाएको हुनपर्छ।

जुन यो Website मा Cover गर्न गइरहेका छौं।

यसले तपाईलाई यो कुरा जानकारी के गर्न  मद्दत गर्छ कि यो HTML Basic Course पुरा गर्न कत्ति समय लिनेछ।

यस Website मा हामी सक्दो कोशिश गर्नेर्छौं कि तपाईले सबै विषयहरूको पूर्ण ज्ञान हासिल गर्न सक्नुहुनेछ ।

मैले केहि भन्नु भन्दा पहिले तपाई हामीलाई फेसबुक, ईमेलमा सामेल हुन सक्नुहुन्छ।
र यदि तपाइँले हामीलाई सदस्यता लिनुभयो भने, यो अझ राम्रो हुनेछ।
यस मार्फत, हाम्रो भर्खरको जानकारी तपाई सम्म पुग्न जारी रहनेछ।
हामी संग सम्पर्कमा रहनु भएकोमा धन्यबाद !! तपाईंको जीवनमा यस्तै प्रगति गरिरहनुहोस् !!

 


HTML Part 1 Introduction

 

1.    Web Publisher भनेको के हो र यसमा के हुन्छ ?

2.    Web Browser मा के हुन्छ र Browser मा के के function हुन्छन् ?

3.    Web Server भनेको के हो, र यसका types कुन कुन हुन् ?

4.    Website को Wireframing भनेको के हो र यो किन महत्वपूर्ण छ ?

5.    Learn HTML in Nepali | HTML भनेको के हो, कुन Versions प्रचलित छ -Introduction

6.    HTML मा web browser को के काम हो| Developer Tools भनेको के हो ?

7.    HTML Editors  के हो, कुन छ र code लाई save कसरी गरिन्छ ?

8.    Basic HTML Tags कौन से हैं? यसको Syntax के हुन्छ (With Example )

9.    HTML Tags or Elements को पूरा जानकारी (Step by Step)

10.        HTML Attributes Introduction | Attributes भनेको के हो (In Nepali)

11.        HTML Heading कति प्रकारका हुन्छन् र के काममा प्रयोग गरिन्छ ?

12.        HTML मा Paragraphs कसरी बनाइन्छ -HTML Tutorial सहित

13.        HTML मा Style AttributesFormatting को के काम हुने गर्छ ?

14.        Quotation Element comments with Example – HTML in Nepali

 

HTML Part 2 Basic

 

1.    HTML मा CSS कसरी define गरिन्छ, CSS का Types

2.    HTML COLORS IN NEPALI AND SOME COMMON COLORS

3.    What is HTML links in Nepali | HTML links भनेको के हो ?

4.    HTML Images tag in Nepali | HTML मा image कसरी लगाउने

5.    Table Tag in HTML in Nepali  | how to create table in html in Nepali

6.    What is HTML List in Nepali | Types of HTML List (in Nepali )

7.    Block Inline Element HTML in Nepali  | यी के हुन् ।

8.    Class Attribute in Html in Nepali  | HTML मा Class लाई कसरी define गरिन्छ ।

9.    HTML ID Attribute in Nepali  | यो Class Attribute भन्दा कसरी फरक छ ।

10.  HTML Iframes In Nepali  – Iframes ले कसरी काम गर्छ ।

11.  What is HTML Layouts in Nepali  | Layouts Techniques कुन कुन छन् ।

 

 

 



Thursday, September 13, 2018

शिक्षामा सुचना तथा संचार प्रविधिको आवस्यकता, महत्त्व र प्रयोग

Bamdev Pokhrel

परिचय

विज्ञान तथा प्रविधिको विकास हुनुभन्दा पहिले समाज अत्यन्त सरल थियो। सिक्ने कुरा सीमित थिए। तिनै सीमित कुराहरु जाने पुग्दथ्यो। तर अहिले विज्ञान तथा प्रविधिको विकासले गर्दा समाज जटिल बन्दै गएको छ। नसोचेका ठूला ठूला परिवर्तनहरु भएका छन्। यस सम्बन्धमा आफ्नो पुस्तक पाठ्यक्रम सिद्धान्त तथा व्यवहारमा हिल्डा टावा लेख्छिन् पहिला महत्वपूर्ण परिवर्तनहरु हुनका लागि शताव्दियौँ लाग्दथ्यो, पुस्तौँ पुस्ता लाग्दथ्यो तर अहिले त्यस्ता महत्वपूर्ण परिवर्तनहरु १० या पाँच वर्षमा हुने गरेका छन्।

विज्ञान तथा प्रविधिको विकासले अन्य कुराका अतिरिक्त सिक्ने विषयबस्तुहरुमा समेत परिवर्तन ल्याइदिएको छ। विज्ञान समग्र विषय अव टुक्रिएर भौतिकशास्त्र, रसायन शास्त्र, जीव विज्ञान, वनस्पति विज्ञान भूगर्भ विज्ञान जस्ता अनेकौ टुक्राहरुमा विभाजन भए। यसै मेसोमा कम्प्यूटर विज्ञान पनि देखा पर्‍यो कालान्तरमा गएर त्यही कम्प्यूटर विज्ञान सूचना तथा सञ्चार प्रविधिमा परिणत भयो।

१९८०को दशकको शुरुसम्म शिक्षामा कम्प्यूटर प्रचलित बाक्यांश थियो। तर सोही दशकको अन्त्यतिर कम्प्यूटरको ठाउँ सूचना प्रविधिले लियो कारण यो बेला माइक्रो कम्प्यूटरहरु देखा परे। अब हिसा वगर्ने काम मात्र नगरी सूचनाहरु संचय गर्ने र पुनः प्रयोग समेत गर्न सकिने भयो। त्यसैले त्यतिखेर सूचना प्रविधि नामाकरण गरियो। सन् १९९२ पहिलोपल्ट सर्वसाधारणका लागि इमेल सुविधा उपलब्ध भयो। त्यसपछि यस्को काम हिसा वगर्ने, सूचना सञ्चय गर्ने र पुनः प्रयोग गर्नेमा मात्र सीमित नभइ यसलाई एक ठाउँबाट अर्को ठाउँमा सम्प्रेषण समेत गर्न सकिने भयो।त्यसपछि यस्लाई सूचना तथा सञ्चार प्रविधि भनिन थालेको हो। आजभोलि कम्प्यूटर, सूचना प्रविधि तथा सूचना तथा सञ्चार प्रविधिलाई पर्यायवाची शब्दका रुपमा प्रयोग हुन थालेको छ।

सूचना तथा सञ्चार प्रविधिलाई यो भन्दा अलिक व्यापक किसिमले युनेस्कोले परिभाषित गरेको छ।युनेस्कोका अनुसार “सूचना तथा सञ्चार प्रविधि भन्नाले सूचनाहरुको सृजना गर्ने, संचय गर्ने, पुन प्राप्त गर्ने, व्यवस्थापन गर्ने तथा सम्प्रेषण गर्ने इलेक्ट्रोनिक माध्यमलाई बुझाउँछ”। यस्ता प्रविधिभित्र रेडियो, टेलिभिजन, भूउपग्रह प्रणाली, भिडियो, कम्प्यूटर, इमेल, इन्टरनेट, डिजिटल क्यामेरा, भिडियो कन्फरेन्सिङ, तथा सिडि तथा डिभिडिहरु समेत पर्दछन्। यिनीहरुमध्ये पनि कम्प्यूटर र इन्टरनेट प्रमुख मानिन्छन्।

एक्काइसौँ शताव्दि सूचना तथा सञ्चार प्रविधिको युगको रुपमा चिनिन्छ। अहिले सूचना नै शक्ति भएको छ। सूचना तथा सञ्चार प्रविधिको जानकारी विहीन समाज वा समुदाय सामाजिक तथा आर्थिक रुपमा पछि पर्ने अवश्यम्भावी छ। विश्वको कुनै पनि घटना वा सूचनाहरु यिनै सूचना प्रविधिका माध्यमबाट एकै छिनमा विश्वव्यापी बन्न पुग्छन्।नयाँ नयाँ सूचना तथा ज्ञानहरु निर्माण हुदैछन्। पुराना महत्वपूर्ण ठानिएका ज्ञान तथा सूचनाहरु बेकामे बन्दै गएका छन्।

सूचना तथा सञ्चार प्रविधिले सूचना तथा ज्ञानहरुलाई जहिले पनि, जहाँ पनि तथा जुनसुकै सामग्री पनि प्राप्त गर्न सकिने भएका छन्। यही नै सूचना प्रविधिको प्रमुख विशेषता पनि हो। रेडियो तथा टेलिभिजन कार्यक्रमहरु जहाँसुकै सुन्न सकिने र जहाँ सुकै बाट हेर्न सकिने भएपनि पहिला जहिले पनि र जहाँसुकैको स्रोत प्राप्त गर्न संभव थिएन। तर आज भोली रेडियो तथा टेलिभिजनका कार्यक्रमहरु पनि अनलाइनमा उपलब्ध हुन थालेपछि भने जहाँसुकै, जहिले सुकै र जुनसुकै स्थानको स्रोतमा पनि व्यक्तिको पहुँच पुग्न थालेको छ।

आवश्यकता

सूचना तथा सञ्चार प्रविधिको प्रयोग हरेक ठाउँ र हरेक क्षेत्रमा हुन थालेको छ। विद्यालय, कलेज, कलकारखाना, अस्पताल यसको प्रयोग नभएको ठाउँ छैन।सूचना तथा सञ्चार प्रविधिको आगमनले विश्वलाई एकदमै नजिक ल्याइदिएको छ। यहाँसम्म कि अवत विश्वलाई नै “ग्लोवल भिलेज” भन्न थालिएको छ।सूचना तथा सञ्चार प्रविधिको मुख्य आवश्यकतालाई निम्न अनुसार व्याख्या गर्न सकिन्छ।

अर्थतन्त्रको भूमण्डलिकरण

अहिले अर्थतन्त्रको भूमण्डलिकरण हुँदै गएको छ। एक देशको अर्थतन्त्रलाई अर्को देशको अर्थतन्त्रका नकारात्मक तथा सकारात्मक असरहरु पर्न थालेका छन्। अर्थतन्त्रको भूमण्डलिकरणले अवसर तथा चुनौति दुबै प्रदान गरेका छन्।यसले रोजगारीको अवसर पनि सृजना गरेको छ। सन् २०१० सम्ममा सूचना तथा सञ्चार प्रविधिको जनशक्तिको ५ लाखले अपुग हुने “नेसकम”को अध्ययनले देखाएको थियो।दि इकोनोमिष्टको १८ अगष्ट २००८ को लेखमा सूचना प्रविधिको ज्ञानको अभावको कारण कुशल व्यवस्थापकको अभाव हुने कुरा लेखिएको छ।नेपालमा पनि नेपालको सूचना प्रविधि नीति २०५७ले सन् २०१२सम्ममा करिव ५० हजार उच्च दक्षता सहित कूल १ लाख ३२ हजार जनशक्ति आवश्यकता पर्ने अनुमान गरेको थियो।त्यस्तै अहिले लोकसेवा आयोगले लिने सामान्य प्रशासन, लेखा, राजश्वले समेत २५ पूर्णाङ्कको कम्प्यूटर सीप परिक्षणलाई पाठयक्रममा समावेश गरेको छ। वैकहरुले अनलाइन सेवा शुरु गरेका छन्। शिक्षक सेवा आयोगले पनि कम्प्यूटरको आधारभूत ज्ञान र शिक्षामा सूचना तथा सञ्चार प्रविधिको महत्व बारे आफ्नो पाठ्यक्रममा समावेश गरेको छ।

सूचनाको भूमण्डलिकरण

अहिले सूचनाको भूमण्डलिकरण भएको छ। एक ठाउँको सूचना वा समाचार एकै छिनमा विश्वव्यापी हुने गरेको छ।सूचनाको अत्यधिक प्रवाहले गर्दा कतिपय ज्ञानहरु पुराना तथा वेकामे हुने तथा नयाँ सूचना तथा ज्ञानहरु प्राप्त हुने अवस्था छ। नयाँ नयाँ सूचना तथा ज्ञानवाट विद्यार्थीहरुलाई अध्यावधिक गराइ राख्न पनि सूचना तथा सञ्चार प्रविधिको आवश्यकता परेको छ।

नयाँ प्रविधिको आगमन

हरेक साल नयाँ प्रविधिहरुको अविष्कार हुने गरेको छ। आफूलाई समय सापेक्ष र प्रतिस्पर्धी बनाउन पनि त्यस्ता नयाँ प्रविधिहरुको जानकारीको जरुरत पर्दछ।सूचना तथा सञ्चार प्रविधिको माध्यमले त्यस्ता नविन प्रविधिको जानकारी लिन सकिन्छ।

ज्ञानमा आधारित अर्थतन्त्र, ज्ञानमा आधारित समाज

ज्ञानमा आधारित अर्थतन्त्रको विकास भएको छ। माइक्रोसफ्टको सम्पूर्ण उत्पादन सफ्टवेयरको उत्पादन हो।जुन ज्ञानमा आधारित छ। विभिन्न खालका सफ्टवेयरहरु पनि ज्ञानमा आधारित नै छन्।लेखा राख्ने सफ्टवेयर, रिजल्ट गर्ने सफ्टवेयर, तथ्याङ्क राख्ने सफ्टवेयर आदि सबै ज्ञानमा आधारित अर्थतन्त्रका उदाहरण हुन्।

सूचनामा आधारित समाज, ज्ञानमा आधारित समाज र सिकाइमा आधारित समाज

अहिले कतिपय मुलुकहरु सूचनामा आधारित समाजको रुपमा छन्। कतिपय मुलुकहरुले आफूलाई ज्ञानमा आधारित समाजको बनाउँदैछन्। र अन्त्यमा सिकाइमा आधारित समाजको निर्माण तिर लागिरहेका छन्। सूचनामा आधारित समाज, ज्ञानमा आधारित समाज र सिकाइमा आधारित समाजको निर्माणका लागि सूचना तथा सञ्चार प्रविधिको शिक्षा आवश्यक परेको छ।

शिक्षाको अत्यधिक माग

अहिले शिक्षालाई मानव अधिकारको रुपमा लिइएको छ। १९४८को मानव अधिकारको घोषणापत्रले आधारभूत शिक्षा पाउनु सबै बालबालिकाको अधिकार भनि उल्लेख गरेको छ। त्यही अधिकारमुखी आवधारणाका कारण सबैका लागि शिक्षा अघि आएको हो। तर हाम्रा विद्यमान शैक्षिक संरचनाले मात्र सबैलाई औपचारिक शिक्षा दिन संभव देखिएन। त्यसैले दूर शिक्षा, अनलाइन तथा खुला शिक्षाको माध्यमबाट पनि शिक्षा दिनु पर्ने आवश्यकता पर्‍यो। दूर शिक्षा, अनलाइन शिक्षा तथा खुला शिक्षा दिनका लागि पनि सूचना तथा सञ्चार प्रविधि उपयुकत माध्यमको रुपमा देखापर्‍यो।

शिक्षकको ज्ञान तथा सीपलाई अध्यावधिक गराइ राख्न

नयाँ सूचनाहरुको आगमसँगै शिक्षकहरुको सूचना र ज्ञानलाई पनि परिमार्जित गर्न जरुरी भयो। शिक्षकहरुको ज्ञान र सीपलाई पनि अध्याबधिक गराइ राख्न जरुरी छ। यसका लागि सबै शिक्षकहरुलाई एकैपटक सूचना तथा ज्ञानका बारेमा औपचारिक ढंगबाट संभव देखिदैन। यसका लागि अनलाइन, दूर शिक्षा तथा खुला शिक्षाको सहयोग लिनु पर्छ।

सिफ्टमा स्कूल संचालन र बहुकक्षा शिक्षण

कक्षामा विद्यार्थी संख्या धेरै भएर पढाउन कठिनाइ भयो भने दुइ सिफ्टमा विद्यालय संचालन गर्न, आधि समय कक्षा कोठामा आधि समय लाइव्रेरीमा सूचना तथा सञ्चार प्रविधिको सहयोगमा सिकाइ क्रियाकलापलाई अघि बढाउन सहयोग गर्दछ। बहुकक्षा शिक्षण गर्नु पर्ने विद्यालयमा शिक्षक अर्को कक्षामा गएको बखत पहिलो कक्षाका विद्यार्थीहरुको सिकाइलाई निरन्तरता दिन कम्प्यूटरमा आधारित ट्यूटोरियल, अभ्यासहरु,समस्या समाधानका सफ्टवेयरहरु तथा सिमुलेशनको सहयोग लिन सकिन्छ।

डिजिटल डिभाइड

सूचना तथा ज्ञानमा पहुँच हुने र नहुने बीच ज्ञानको स्तरमा अन्तर बढ्दै गएको छ। जसको सूचना तथा ज्ञानको स्रोतमा पहुँच छ उ विज्ञको रुपमा गनिएको छ। क्षमता भए पनि सूचना तथा ज्ञानको पहुँच नहुँने व्यक्तिहरु सधै पछि परेका छन्। यस्तो सूचना तथा ज्ञान सम्मको पहुँच बढाउनका लागि सूचना तथा सञ्चार प्रविधि महत्वपूर्ण साधन भएको छ।

महत्व

पहुँचमा वृद्धि

यसले सूचनको पहुँचमा वृद्धि गर्छ। शिक्षक तथा विद्यार्थीले शैक्षिक आवश्यकतका लागि छापिएका पुस्तकहरुमा मात्र भर पर्नु पर्ने अवस्थाको अन्त्य भएको छ। उनीहरु आफ्नो आवश्यकताको पूर्तिका लागि इन्टरनेट तथा वेभसाइटहरुको उपयोग गर्न सक्ने भएका छन्।सयौ व्यक्तिहरुले एकै पटक कुनै पनि समय, कुनै पनि ठाउँबाट कुनै पनि सामग्रीलाई हासिल गर्न सक्छन्।

अव सिकाइलाई अनलाइन पाठ्यवस्तुको माध्यमबाट चौविसै घण्टा हेर्न सकिन्छ। सूचना तथा सञ्चार प्रविधिमा आधारित सिकाइले विद्यार्थीहरु एकै ठाउँमा भेला हुनु पर्ने अवस्थाको अन्त्य भएको छ। भौगोलिक, सामाजिक, सांस्कृतिक तथा पूर्वाधारहरुको अभावका कारण औपचारिक तवरबाट शिक्षा दिन नसकिने अवस्था अव रहेन। यसका लागि रेडियो, टेलिभिजन, भर्चुअल विद्यालय, भर्चुअल विश्वविद्यालयको माध्यमबाट शिक्षा हासिल गर्न सकिन्छ।

प्रभावकारितामा वृद्धि

धेरै विद्यार्थीहरु भएको विद्यालयमा दुई सिफ्टमा विद्यालय संचालन गर्न सकिन्छ।विद्यालयको सिकाइ समयलाई यथावत राख्न विद्यार्थीहरुलाई खोजी कार्य दिने, लाइव्रेरी वा सूचना तथा सञ्चार प्रविधि कक्षको व्यवस्था गरी विद्यार्थीहरुलाई शैक्षिक कार्यक्रमहरु देखाउने, ट्यूटोरियल सिडिहरु हेर्न दिएर स्वाध्यायन गर्न लगाउन सकिन्छ। यसले विद्यार्थीहरुको सिकाइ प्रभावकारितमा वृद्धि गर्दछ।

बहुकक्षा शिक्षण भएका स्थानमा एउटा कक्षामा शिक्षक पठनपाठनमा व्यस्त रहदा अर्को कक्षामा ट्यूटोरियल, ड्रिल, सिमुलेशन, शैक्षिक खेलहरु संचालन गर्न दिएर सिकाइलाई प्रभावकारी बनाउन सकिन्छ।

ऐच्छिक विषयका शिक्षकहरुको अभाव भएका दुर्गम क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको माध्यमबाट एकै पटक दुई वा दुई भन्दा बढी विद्यालयमा उक्त विषयको पठनपाठन गर्न संभव भएको छ। जसले भौगोलिक दूरताका कारण वा आर्थिक कारणले वा शिक्षकको अभावले शिक्षण सिकाइमा पर्ने असरलाई कम गर्न सकिन्छ।

सिकाइको गुणस्तर वृद्धि गर्न

अमुर्त अवधारणा, शब्द, चित्र, एनिमेशन,सिमुलेशन आदिको माध्यमबाट प्रभावकारी ढंगले शिक्षण गर्न सकिन्छ। यसले विद्यार्थीलाई सिकाइप्रति उत्प्रेरित गराउँछ। यसले एकै पटक बहुइन्द्रियहरुलाई उत्तेजित गराई सिकाइलाई गुणस्तरीय बनाउन सहयोग गर्छ।

खोजी र अन्वेषण कार्यमा मद्धत गर्छ।विद्यार्थीहरुले फुर्सदको समयमा आधारभूत सीपहरु हासिल गर्न यसको प्रयोग गर्न सक्छन्। साथीहरुबीच शिक्षकहरुसँग तथा अन्य विद्यालयका शिक्षकहरुसँग समेत सम्पर्क गरी सिकाइलाई सबल बनाउन सक्छन्।

शिक्षणको गुणस्तर वृद्धि गर्न

शिक्षण एकदमै कठिन कार्य हो। यसका लागि विभिन्न सीपहरुको जरुरत पर्दछ। एक पटक सिकेको सीप सधैभरी उपयोगी नहुन सक्छ। यसका लागि शिक्षकले आफ्नो पेशागत विकासलाई निरन्तर रुपमा कायम राख्नु पर्दछ। जसका लागि सूचना तथा सञ्चार प्रविधि महत्वपूर्ण साधन बन्दछ। अमूर्त कुराहरुलाई विद्यार्थीहरुलाई बुझाउन कठिन हुन्छ। तर एनिमेशन, सिमुलेशन तथा त्रिआयामिक बस्तुहरुको सहयोग सजिलैसँग यी कुराहरु सिकाउन सकिन्छ।

शिक्षकले आफूले नजानेका कुराहरु सिक्नका लागि मौका पाइएन, सम्पर्क भएन जस्ता समस्याहरु झेल्नु पर्दैन। उनीहरुले आफ्ना समस्याहरुलाई प्रश्नको माध्यमबाट वेभसाइटमा राखिदियो भने तत्कालै सैयौ जवाफहरु प्राप्त हुन्छन्।प्रशिक्षकसँग, विश्वविद्यालयसँग र अन्य शिक्षकहरुसँगको अनलाइन सम्पर्कबाट पनि थुप्रै तरिका तथा सुझावहरु हासिल गर्न सक्छन्।

सीप हासिल गर्न

शैक्षिक सामग्रीहरु निर्माण गर्ने, शिक्षण योजना बनाउन, शिक्षणका नयाँ तरिकाहरुको बारेमा जानकारी लिन र पाठयोजना निर्माण गर्न र मूल्याङ्कनका नयाँ तरिका र सीपहरु सिक्न उपयोगी छ।

जीवन पर्यन्त सिकाइ

सिकाइ विद्यालयमा मात्रै हुँदैन। सिकाइलाई जीवन पर्यन्त जारी राख्नु पर्छ।यसका लागि सूचना तथा सञ्चार प्रविधिको माध्यमबाट सिकाइलाई निरन्तरमा कायम गर्न सकिन्छ।

बेरोजगारहरुलाई रोजगारीममा प्रवेश गराउन

अहिले सूचना तथा सञ्चार प्रविधि जानेका व्यक्तिहरुको अभाव छ। एकातिर बेरोजगारी बढ्दो छ अर्कातिर रोजगारीका लागि सीप र ज्ञान भएका व्यक्तिहरुको अभाव छ। सूचना तथा सञ्चार प्रविधिले रोजगारीका लागि सीप प्रदान गर्नुका साथै स्वरोजगारका लागि समेत बाटो प्रशस्त गर्छ।

व्यवस्थापकीय कार्यलाई सरल बनाउन

सूचना तथा सञ्चार प्रविधिले व्यवस्थापकीय कार्यलाई सरल र सहज बनाउँछ।विद्यार्थीहरुका विवरण, शिक्षकको तलबी भरपाई, आय व्यय विवरण आदिलाई सरल र सहज तरिकाले व्यवस्थापन गर्न सकिन्छ।

शिक्षामा यसको प्रयोग

विज्ञान तथा प्रविधिको विकासले सूचना तथा सञ्चार प्रविधिलाई प्रवेश गरायो। तर अरु विषयभन्दा भिन्न यो विषय बहुआयामिक विषयको रुपमा देखापर्‍यो।शिक्षामा सूचना तथा सञ्चार प्रविधि तीन किसिमले प्रवेश गरेको छ।

विषयको रुपमा

सूचना तथा सञ्चार प्रविधिलाई विषयको रुपमा पठनपाठन गर्न सकिन्छ।यस्तो शिक्षणको मुख्य उद्देश्य सूचना तथा सञ्चार प्रविधिका बारेमा जानकारहरु तयार गर्नु हुनेछ। सूचना तथा सञ्चार प्रविधिलाई व्यवहारमा प्रयोग गर्न सक्ने नागरिक तयार पार्दछ।

सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी कक्षामा गरिने शिक्षण क्रियाकलापलाई रोचक, प्रभावकारी र दिगो बनाउन सकिन्छ । त्यस्तै सूचना तथा सञ्चार प्रविधिले शिक्षकहरुलाई शैक्षिक सामग्रीहरुको निर्माण गरी पठनपाठन गर्न सहयोग पुर्‍याउँछ।

व्यवस्थापकीय कार्य र योजना निर्माण

विद्यालयका अलिेखहरु विद्यार्थी विवरण, लेखा, रिजल्ट प्रकाशन, शैक्षिक सामग्रीको निर्माण लगायतका काममा यसको प्रयोग गर्न सकिन्छ। जसले व्यवस्थापनलाई सरल, छिटो बनाउनुका साथै विवरणहरु समेत राख्न सहयोग पुर्‍याउँछ। विद्यालयका विवरणहरुलाई विद्यालयको योजना निर्माणका काममा समेत प्रयोगमा ल्याउन सकिन्छ।

 प्रयोग

हालको सबैभन्दा प्रमुख मुद्दा भनेको सूचना तथा सञ्चार प्रविधिलाई शिक्षण माध्यमको रुपमा प्रयोग गर्ने नै हो। 

सूचना तथा सञ्चार प्रविधिको प्रयोगले शिक्षण विधिलाई शिक्षक केन्द्रित विधिबाट विद्यार्थी केन्द्रित विधिमा रुपान्तरण गर्छ। 

इन्टिग्रेटेड टेक्नोलोजी इन टिचिङमा रोवलियर लेख्छन्। “शिक्षक केन्द्रित शिक्षण विधिको ठाउँमा सिकारु केन्द्रित शिक्षण विधि शुरुवात गर्नु पाठ्यक्रमको मुद्दा हो। 

यसले विद्यार्थीमा उत्प्रेरणा जगाउँछ। शैक्षणिक विधिलाई प्रभावकारी बनाउँछ। 

शिक्षक तथा विद्यार्थीको उत्पादनशीलतामा वृद्धि गर्छ सूचना युगका लागि आवश्यक सीप हासिल हुन्छ।” 

त्यस्तै राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ले पनि “सूचना तथा सञ्चार प्रविधि शिक्षालाई पाठ्यक्रममा विशेष स्थान दिइनेछ।सूचना तथा सञ्चार प्रविधिलाई विद्यालय शिक्षामा शैक्षिक रुपान्तरणका लागि विषय र माध्यम दुबै रुपमा प्रयोग गर्ने गरी पाठ्यक्रमको विकास गरिनेछ” भनी उल्लेख गरेको छ। 

तर सूचना तथा सञ्चार प्रविधिलाई माध्यमको रुपमा उपयोग गर्नका लागि डिजिटल पाठका साथै शिक्षण विधिमा समेत परिवर्तन गर्नु पर्ने हुन्छ। जसका लागि राटि्रय लगानीका साथै प्राविधिकहरुको सहयोग पनि आवश्यक पर्छ।

Source:guruonline

Saturday, September 1, 2018

प्रश्न. विविधता व्यवस्थापन (Diversity Management) भन्नाले के बुझिन्छ ?समावेशीकरणका आधारभूत सिद्धान्तहरू उल्लेख गर्दै नेपालमा विविधता व्यवस्थापन किन आवश्यक छ ?

Bamdev Pokhrel
प्रश्न. विविधता व्यवस्थापन (Diversity Management) भन्नाले के बुझिन्छ ?समावेशीकरणका आधारभूत सिद्धान्तहरू उल्लेख गर्दै नेपालमा विविधता व्यवस्थापन किन आवश्यक छ ? चर्चा गर्नुहोस् । (३ +३ +४)

उत्तर
विविधता व्यवस्थापन
कुनै पनि देशमा एकल जाती, वर्ग, क्षेत्र, लिङ्ग, समुदाय र भाषा मात्र हुँदैन । कुनै न कुनै रूपमा बहुजातीय, बहुभाषिक, बहु धार्मिक बहु सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता रहेको हुन्छ । बहुल समाजलाई कुशलतापूर्वक व्यवस्थापन गरेर राष्ट्रिय एकता सुदृढ गराउने काम राज्य र सरकारको प्रमुख कर्तव्य हो । सबै वर्ग, क्षेत्र, लिङ्ग, भाषा, समुदायको अपनत्व बोध हुने गरी राष्ट्रिय एकताको सूत्रमा आबद्ध गर्नु नै विविधता व्यवस्थापन हो ।
  • टाकिस फोटोपाउलसले सन् 1997 मा विविधता व्यवस्थापनको अवधारणा ल्याएका हुन् ।
  • सकारात्मक विभेद, समानुपातिक प्रतिनिधित्व, समावेशीकरण, सङ्घीयता लगायत विषयहरू विविधता व्यवस्थापनका लागि महत्त्वपूर्ण तरिका मानिन्छ ।
  • विविधताले देशका जनताहरूबिच धारणागत पृथकतालाई जनाउँदछ उमेर, जात, धर्म, पेसा, भौगोलिकता, जीवनशैली आदि विभिन्न पक्षलाई समेट्दछ ।
विविधता सिर्जना गर्ने तत्वहरुः
मुख्यरुपमा निम्न पक्षहरूले समाजमा विविधता सिर्जना गर्न सघाऊ पुर्‍याउँदछ
  • लिङ्ग
  • उमेर
  • धर्म
  • राष्ट्रियता र जातीयता
  • आर्थिक अवस्था
  • सामाजिक पृष्ठभूमि
  • मानसिक र शारीरिक क्षमता
  • भौगोलिक स्थिति
समावेशीकरण
विद्यमान अवसर र पहुँचको अन्तरलाई कम गर्दै वञ्चित / वहिष्करणमा पर्न गएका समूह र सुविधा सम्पन्न समूह बिचको असमानता घटाउँदै हरेक व्यक्ति, समूह वा जातिको स्वाभिमान र उनीहरूको आफ्नै विशिष्टतको सम्मान गर्दै भौतिक तथा संवेगिक आधारभूत आवश्यकताहरूको परिपूर्ति गर्नु नै समावेशीकरणको आदर्श हो । समावेशीकरण वहिष्करण विरुद्ध लड्ने एउटा रणनीति हो, यसलाई साझा भाग्यको बन्धन (Bond of Common Fate) भनेर पनि बुझिन्छ ।
  • समावेशिकणका सिद्धान्तहरुः
  • समान आदर र चासोको सिद्धान्त
  • समानता र अविभेदको सिद्धान्त
  • Principle of equal concern and respect
  • Participation in Public life
  • Principle of Collective Identity
  • Principle of Specific Protection
  • Principle of proportional representation
  • Principle of State Obligation
  • क्षतिपूर्तिको सिद्धान्त
  • आरक्षणको सिद्धान्त
  • सकारात्मक विभेदको सिद्धान्त
नेपालमा विविधता व्यवस्थापन किन ?
  • विद्यमान, सांस्कृतिक, जातीय, धार्मिक लगायत विविध समूहहरूलाई समेट्न तथा सबैको मौलिक मूल्य मान्यतालाई कदर गर्न,
  • नेपालको ऐनामा सबै नेपालीको अनुहार देखिने व्यवस्था गरेर साना-साना जातीय सांस्कृतिक राष्ट्रियतालाई नेपाली राष्ट्रियता मनौवैज्ञानिक रूपमा आबद्ध गराउन,
  • विविधता व्यवस्थापनका लागि अवलम्बन गरिएको आरक्षण र सकारात्मक विभेदको नीति समयानुकूल परिवर्तन गर्दै सबैको पहुँच स्थापना गर्न,
  • विविधता व्यवस्थापनका लागि अवलम्बन गरिएको आरक्षण र सकारात्मक विभेदको नीति समयानुकूल परिवर्तन गर्दै सबैको पहुँच स्थापना गर्न,
  • विविध संस्कृतिको प्रवर्द्धन र संम्बर्द्धन गर्न राष्ट्रिय स्तरमा सबैको गरिमामय उपस्थिति गराउन,
  • पहिचान, समानता, पहुँच, प्रतिनिधित्व र लोकतन्त्र स्थापनाका लागि सबैको समान सहभागिता सहित समता मूलक समाज निर्माण गर्न,
  • जुन समुदायमासेवा प्रदान गरिन्छ, त्यस क्षेत्रका सेवाग्राही नागरिकहरूको प्रतिनिधित्व हुने संस्था निर्माण गरेरत्यसलाई सेवा दिने कायालयको संयन्त्र र प्रक्रियामा संलग्न गराएर सह-उत्पादन गर्न,
  • सामाजिक न्याय मार्फत समृद्ध नेपाल सुखी नेपाली राज्यको मूल नारालाई मूर्तरूप दिन ।
निष्कर्ष
एक अर्कासँग नमिल्ने फरक मूल्य मान्यता बोकेका समूहहरूलाई सम्बोधन गरेर राष्ट्रिय एकता सुदृढ गराउन ज्यादै कठिन हुन्छ । बहुजातीय, बहुभाषिक, बहु धार्मिक बहु सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त हाम्रो जस्तो मुलुकमा सबै वर्ग समुदाय, क्षेत्र, लिङ्ग, भाषा, धर्म आदिको अपनत्वको सिर्जना गरी शदियौंदिख कायम रही आएको सामाजिक सौहार्दता र सहिष्णुतालाई अझ बलियो बनाउन जरुरी छ । यसलाई सुदृढ पार्न राज्य, सरकार र सम्बद्ध सबै पक्षले अनुकूल रणनीतिको अवलम्बन भने गर्नै पर्दछ । जसले गर्दा अबको हाम्रो नारा “एउटै भाषा एउटै भेष होइन, सय थरी बाजा एउटै सुर हुनु जरुरी रहन्छ” ।

Monday, January 1, 2018

युवा कताको बाटो ?

Bamdev Pokhrel

युवा नै देशका खम्बा हुन्, युवा नै देशका सम्भावना हुन् । युवाका सरल र निश्चल आँखाले साहित्य, कला, संस्कृति, प्रकृति, बिज्ञान र राजनीति जस्ता बिषयलाई सहजै रुपमा स्मरण गर्न सक्छन् । यिनिहरुमा मानविय संवेदनालाई बुझ्ने र सभ्यतालाई उचाईमा लैजाने क्षमता छ । युवा परिवर्तनशिल ईच्छा शक्तिले पुर्ण छ । युवामा अभुतपुर्व नेतृत्वदायि क्रियाशक्तिले छताछुल्ल पनि छ । त्यसमा पनि वातावरणिय प्राकृतिक अनुकुलतामा बिकासको सम्वाहक हो भने उनिहरु बिध्वंशमा पनि पछि पर्दैनन् । ईतिहाँसमा युवा पुस्ताले राजनितिक क्रान्तिमा पनि सफल भएका कयौं उदाहरणहरु पाईन्छन् र तिनका हातले कला कोरेको सौन्दर्य छरेको भेटिन्छ र देख्न सकिन्छ । यतिमा मात्र युवा सिमित रहन सक्दैन त्यसैले परिवर्तनशिल र सिर्जनशिल युवा मस्तिष्कले नयाँ नयाँ बिचार सोच र आबिश्कार गरेको छ । समाजमा पनि सामाजिक काम गर्न युवाहरु पछि परेका छैनन् तर बिडम्बना आजको नेपालका अधिकाँश युवामा माथि उल्लेखित गुण र क्षमतामा बाढि आएको छ । किनकि बिकृति र बिसंगतिको गहिराईमा फसेका वा अवसरको अप्राप्तीमा रुमल्लिएर युवाहरु बाँचि रहेका छन् । तिनले जीवनमा ति राम्रा गुण, क्षमताहरुमा प्रभाव शुन्य भएका छन् । राजनीतिक अस्थिरता र अस्त ब्यस्तताका कारण युवा जमात बिकासका लागि होईन्, बिनासका लागि अग्रसर भएका छन्  हामिले सहजै देख्न सक्छौं भने अर्को तिर युवा जनशक्ति आफ्नो क्षमता प्रतिभा भएकाहरु बिदेशिनु पर्ने र आफ्नो भुमि छोडेर अर्काको भुमिमा गएर आफ्नो शारीरिक श्रम वा बौदिक परिश्रम सित्तैमा बेचिरहेका छन् । युवाहरुले आफ्नो राष्ट्रको महत्व नबुझ्नु सामान्य घट्ना हो किनकी देशका नेता भनाउदा हरुले आफ्नो राजनितिक फोहरी खेल युवाका काँधमा चढाएर हिड्ने चलनले आज नेपाली राजनितिले भिन्दै अंगको स्वरुपलाई लिन पाएको छ । राजनिति कर्मिहरुले युवालाई बढि प्रयोग गर्ने र आफ्नो स्वार्थ पुरा भएपछि फर्केर नहेर्ने चलन छ । कुलत बिशंगतमा फस्ने भनेकै युवा पुस्ता रहेका छन् र यसमा भ्रष्ट शासकहरु हर्षित भैरहेका छन् । हाम्रा गाउँघरका युवापुस्ता कुनै दृष्टिकोणबाट पनि माथि उठ्न सकेका छैनन् । उनिहरुको क्षमता र प्रतिभालाई रचनात्मक, गुणात्मक र बिकासिल कार्यमा समेटन सकिएको छैन यो आफैमा राम्रो होईन । आजभोलि शहर बजारका कलेज, स्कुलमा पढ्ने युवाहरुले आफ्नो रितिरिवाज, सभ्यता, साहित्य, कला र मौलिकतालाई उजाड बनाईदिएका छन् । उनिहरुका हरेक कदम कलेज र स्कुलमा भन्दा पनि डे«स, सिनेमा हल, रेष्टुरा, कटेज, ढावा, भट्टी, पार्टिमा लम्कीन्छन् र रमाउछँन् । 

समग्रमा भन्नुपर्दा युवा पुस्ताको स्थिति असामान्य छ फलस्वरुप नेपालले बर्तमान र भोलिका दिनमा पनि ठुलो मुल्य चुकाउनु पर्ने अवस्था सृजना हुनेछ । किनकी युवा देशको बर्तमान र भविष्य, सामाजिक, आर्थिक, सांस्कृतिक र राजनितिक परिवेश निर्धारण गर्ने प्रमुख सुचक हो ।

Our Team

  • Syed Faizan AliMaster / Computers
  • Syed Faizan AliMaster / Computers
  • Syed Faizan AliMaster / Computers
  • Syed Faizan AliMaster / Computers
  • Syed Faizan AliMaster / Computers
  • Syed Faizan AliMaster / Computers