युवा कताको बाटो ? - BAAS Nihongo

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Monday, January 1, 2018

युवा कताको बाटो ?


युवा नै देशका खम्बा हुन्, युवा नै देशका सम्भावना हुन् । युवाका सरल र निश्चल आँखाले साहित्य, कला, संस्कृति, प्रकृति, बिज्ञान र राजनीति जस्ता बिषयलाई सहजै रुपमा स्मरण गर्न सक्छन् । यिनिहरुमा मानविय संवेदनालाई बुझ्ने र सभ्यतालाई उचाईमा लैजाने क्षमता छ । युवा परिवर्तनशिल ईच्छा शक्तिले पुर्ण छ । युवामा अभुतपुर्व नेतृत्वदायि क्रियाशक्तिले छताछुल्ल पनि छ । त्यसमा पनि वातावरणिय प्राकृतिक अनुकुलतामा बिकासको सम्वाहक हो भने उनिहरु बिध्वंशमा पनि पछि पर्दैनन् । ईतिहाँसमा युवा पुस्ताले राजनितिक क्रान्तिमा पनि सफल भएका कयौं उदाहरणहरु पाईन्छन् र तिनका हातले कला कोरेको सौन्दर्य छरेको भेटिन्छ र देख्न सकिन्छ । यतिमा मात्र युवा सिमित रहन सक्दैन त्यसैले परिवर्तनशिल र सिर्जनशिल युवा मस्तिष्कले नयाँ नयाँ बिचार सोच र आबिश्कार गरेको छ । समाजमा पनि सामाजिक काम गर्न युवाहरु पछि परेका छैनन् तर बिडम्बना आजको नेपालका अधिकाँश युवामा माथि उल्लेखित गुण र क्षमतामा बाढि आएको छ । किनकि बिकृति र बिसंगतिको गहिराईमा फसेका वा अवसरको अप्राप्तीमा रुमल्लिएर युवाहरु बाँचि रहेका छन् । तिनले जीवनमा ति राम्रा गुण, क्षमताहरुमा प्रभाव शुन्य भएका छन् । राजनीतिक अस्थिरता र अस्त ब्यस्तताका कारण युवा जमात बिकासका लागि होईन्, बिनासका लागि अग्रसर भएका छन्  हामिले सहजै देख्न सक्छौं भने अर्को तिर युवा जनशक्ति आफ्नो क्षमता प्रतिभा भएकाहरु बिदेशिनु पर्ने र आफ्नो भुमि छोडेर अर्काको भुमिमा गएर आफ्नो शारीरिक श्रम वा बौदिक परिश्रम सित्तैमा बेचिरहेका छन् । युवाहरुले आफ्नो राष्ट्रको महत्व नबुझ्नु सामान्य घट्ना हो किनकी देशका नेता भनाउदा हरुले आफ्नो राजनितिक फोहरी खेल युवाका काँधमा चढाएर हिड्ने चलनले आज नेपाली राजनितिले भिन्दै अंगको स्वरुपलाई लिन पाएको छ । राजनिति कर्मिहरुले युवालाई बढि प्रयोग गर्ने र आफ्नो स्वार्थ पुरा भएपछि फर्केर नहेर्ने चलन छ । कुलत बिशंगतमा फस्ने भनेकै युवा पुस्ता रहेका छन् र यसमा भ्रष्ट शासकहरु हर्षित भैरहेका छन् । हाम्रा गाउँघरका युवापुस्ता कुनै दृष्टिकोणबाट पनि माथि उठ्न सकेका छैनन् । उनिहरुको क्षमता र प्रतिभालाई रचनात्मक, गुणात्मक र बिकासिल कार्यमा समेटन सकिएको छैन यो आफैमा राम्रो होईन । आजभोलि शहर बजारका कलेज, स्कुलमा पढ्ने युवाहरुले आफ्नो रितिरिवाज, सभ्यता, साहित्य, कला र मौलिकतालाई उजाड बनाईदिएका छन् । उनिहरुका हरेक कदम कलेज र स्कुलमा भन्दा पनि डे«स, सिनेमा हल, रेष्टुरा, कटेज, ढावा, भट्टी, पार्टिमा लम्कीन्छन् र रमाउछँन् । 

समग्रमा भन्नुपर्दा युवा पुस्ताको स्थिति असामान्य छ फलस्वरुप नेपालले बर्तमान र भोलिका दिनमा पनि ठुलो मुल्य चुकाउनु पर्ने अवस्था सृजना हुनेछ । किनकी युवा देशको बर्तमान र भविष्य, सामाजिक, आर्थिक, सांस्कृतिक र राजनितिक परिवेश निर्धारण गर्ने प्रमुख सुचक हो ।

1 comment:

  1. Samurai Casino | Shootercasino
    Samurai 제왕 카지노 Casino is a popular Casino that is located in the Yucatan Peninsula. It kadangpintar has several great games 바카라 to choose from, such as the Roulette Game, Video Poker

    ReplyDelete

Post Bottom Ad

Responsive Ads Here

Pages