प्रश्न. विविधता व्यवस्थापन (Diversity Management) भन्नाले के बुझिन्छ ?समावेशीकरणका आधारभूत सिद्धान्तहरू उल्लेख गर्दै नेपालमा विविधता व्यवस्थापन किन आवश्यक छ ? - BAAS Nihongo

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Saturday, September 1, 2018

प्रश्न. विविधता व्यवस्थापन (Diversity Management) भन्नाले के बुझिन्छ ?समावेशीकरणका आधारभूत सिद्धान्तहरू उल्लेख गर्दै नेपालमा विविधता व्यवस्थापन किन आवश्यक छ ?

प्रश्न. विविधता व्यवस्थापन (Diversity Management) भन्नाले के बुझिन्छ ?समावेशीकरणका आधारभूत सिद्धान्तहरू उल्लेख गर्दै नेपालमा विविधता व्यवस्थापन किन आवश्यक छ ? चर्चा गर्नुहोस् । (३ +३ +४)

उत्तर
विविधता व्यवस्थापन
कुनै पनि देशमा एकल जाती, वर्ग, क्षेत्र, लिङ्ग, समुदाय र भाषा मात्र हुँदैन । कुनै न कुनै रूपमा बहुजातीय, बहुभाषिक, बहु धार्मिक बहु सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता रहेको हुन्छ । बहुल समाजलाई कुशलतापूर्वक व्यवस्थापन गरेर राष्ट्रिय एकता सुदृढ गराउने काम राज्य र सरकारको प्रमुख कर्तव्य हो । सबै वर्ग, क्षेत्र, लिङ्ग, भाषा, समुदायको अपनत्व बोध हुने गरी राष्ट्रिय एकताको सूत्रमा आबद्ध गर्नु नै विविधता व्यवस्थापन हो ।
  • टाकिस फोटोपाउलसले सन् 1997 मा विविधता व्यवस्थापनको अवधारणा ल्याएका हुन् ।
  • सकारात्मक विभेद, समानुपातिक प्रतिनिधित्व, समावेशीकरण, सङ्घीयता लगायत विषयहरू विविधता व्यवस्थापनका लागि महत्त्वपूर्ण तरिका मानिन्छ ।
  • विविधताले देशका जनताहरूबिच धारणागत पृथकतालाई जनाउँदछ उमेर, जात, धर्म, पेसा, भौगोलिकता, जीवनशैली आदि विभिन्न पक्षलाई समेट्दछ ।
विविधता सिर्जना गर्ने तत्वहरुः
मुख्यरुपमा निम्न पक्षहरूले समाजमा विविधता सिर्जना गर्न सघाऊ पुर्‍याउँदछ
  • लिङ्ग
  • उमेर
  • धर्म
  • राष्ट्रियता र जातीयता
  • आर्थिक अवस्था
  • सामाजिक पृष्ठभूमि
  • मानसिक र शारीरिक क्षमता
  • भौगोलिक स्थिति
समावेशीकरण
विद्यमान अवसर र पहुँचको अन्तरलाई कम गर्दै वञ्चित / वहिष्करणमा पर्न गएका समूह र सुविधा सम्पन्न समूह बिचको असमानता घटाउँदै हरेक व्यक्ति, समूह वा जातिको स्वाभिमान र उनीहरूको आफ्नै विशिष्टतको सम्मान गर्दै भौतिक तथा संवेगिक आधारभूत आवश्यकताहरूको परिपूर्ति गर्नु नै समावेशीकरणको आदर्श हो । समावेशीकरण वहिष्करण विरुद्ध लड्ने एउटा रणनीति हो, यसलाई साझा भाग्यको बन्धन (Bond of Common Fate) भनेर पनि बुझिन्छ ।
  • समावेशिकणका सिद्धान्तहरुः
  • समान आदर र चासोको सिद्धान्त
  • समानता र अविभेदको सिद्धान्त
  • Principle of equal concern and respect
  • Participation in Public life
  • Principle of Collective Identity
  • Principle of Specific Protection
  • Principle of proportional representation
  • Principle of State Obligation
  • क्षतिपूर्तिको सिद्धान्त
  • आरक्षणको सिद्धान्त
  • सकारात्मक विभेदको सिद्धान्त
नेपालमा विविधता व्यवस्थापन किन ?
  • विद्यमान, सांस्कृतिक, जातीय, धार्मिक लगायत विविध समूहहरूलाई समेट्न तथा सबैको मौलिक मूल्य मान्यतालाई कदर गर्न,
  • नेपालको ऐनामा सबै नेपालीको अनुहार देखिने व्यवस्था गरेर साना-साना जातीय सांस्कृतिक राष्ट्रियतालाई नेपाली राष्ट्रियता मनौवैज्ञानिक रूपमा आबद्ध गराउन,
  • विविधता व्यवस्थापनका लागि अवलम्बन गरिएको आरक्षण र सकारात्मक विभेदको नीति समयानुकूल परिवर्तन गर्दै सबैको पहुँच स्थापना गर्न,
  • विविधता व्यवस्थापनका लागि अवलम्बन गरिएको आरक्षण र सकारात्मक विभेदको नीति समयानुकूल परिवर्तन गर्दै सबैको पहुँच स्थापना गर्न,
  • विविध संस्कृतिको प्रवर्द्धन र संम्बर्द्धन गर्न राष्ट्रिय स्तरमा सबैको गरिमामय उपस्थिति गराउन,
  • पहिचान, समानता, पहुँच, प्रतिनिधित्व र लोकतन्त्र स्थापनाका लागि सबैको समान सहभागिता सहित समता मूलक समाज निर्माण गर्न,
  • जुन समुदायमासेवा प्रदान गरिन्छ, त्यस क्षेत्रका सेवाग्राही नागरिकहरूको प्रतिनिधित्व हुने संस्था निर्माण गरेरत्यसलाई सेवा दिने कायालयको संयन्त्र र प्रक्रियामा संलग्न गराएर सह-उत्पादन गर्न,
  • सामाजिक न्याय मार्फत समृद्ध नेपाल सुखी नेपाली राज्यको मूल नारालाई मूर्तरूप दिन ।
निष्कर्ष
एक अर्कासँग नमिल्ने फरक मूल्य मान्यता बोकेका समूहहरूलाई सम्बोधन गरेर राष्ट्रिय एकता सुदृढ गराउन ज्यादै कठिन हुन्छ । बहुजातीय, बहुभाषिक, बहु धार्मिक बहु सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त हाम्रो जस्तो मुलुकमा सबै वर्ग समुदाय, क्षेत्र, लिङ्ग, भाषा, धर्म आदिको अपनत्वको सिर्जना गरी शदियौंदिख कायम रही आएको सामाजिक सौहार्दता र सहिष्णुतालाई अझ बलियो बनाउन जरुरी छ । यसलाई सुदृढ पार्न राज्य, सरकार र सम्बद्ध सबै पक्षले अनुकूल रणनीतिको अवलम्बन भने गर्नै पर्दछ । जसले गर्दा अबको हाम्रो नारा “एउटै भाषा एउटै भेष होइन, सय थरी बाजा एउटै सुर हुनु जरुरी रहन्छ” ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages