युवा कताको बाटो ?

Bamdev Pokhrel

युवा नै देशका खम्बा हुन्, युवा नै देशका सम्भावना हुन् । युवाका सरल र निश्चल आँखाले साहित्य, कला, संस्कृति, प्रकृति, बिज्ञान र राजनीति जस्ता बिषयलाई सहजै रुपमा स्मरण गर्न सक्छन् । यिनिहरुमा मानविय संवेदनालाई बुझ्ने र सभ्यतालाई उचाईमा लैजाने क्षमता छ । युवा परिवर्तनशिल ईच्छा शक्तिले पुर्ण छ । युवामा अभुतपुर्व नेतृत्वदायि क्रियाशक्तिले छताछुल्ल पनि छ । त्यसमा पनि वातावरणिय प्राकृतिक अनुकुलतामा बिकासको सम्वाहक हो भने उनिहरु बिध्वंशमा पनि पछि पर्दैनन् । ईतिहाँसमा युवा पुस्ताले राजनितिक क्रान्तिमा पनि सफल भएका कयौं उदाहरणहरु पाईन्छन् र तिनका हातले कला कोरेको सौन्दर्य छरेको भेटिन्छ र देख्न सकिन्छ । यतिमा मात्र युवा सिमित रहन सक्दैन त्यसैले परिवर्तनशिल र सिर्जनशिल युवा मस्तिष्कले नयाँ नयाँ बिचार सोच र आबिश्कार गरेको छ । समाजमा पनि सामाजिक काम गर्न युवाहरु पछि परेका छैनन् तर बिडम्बना आजको नेपालका अधिकाँश युवामा माथि उल्लेखित गुण र क्षमतामा बाढि आएको छ । किनकि बिकृति र बिसंगतिको गहिराईमा फसेका वा अवसरको अप्राप्तीमा रुमल्लिएर युवाहरु बाँचि रहेका छन् । तिनले जीवनमा ति राम्रा गुण, क्षमताहरुमा प्रभाव शुन्य भएका छन् । राजनीतिक अस्थिरता र अस्त ब्यस्तताका कारण युवा जमात बिकासका लागि होईन्, बिनासका लागि अग्रसर भएका छन्  हामिले सहजै देख्न सक्छौं भने अर्को तिर युवा जनशक्ति आफ्नो क्षमता प्रतिभा भएकाहरु बिदेशिनु पर्ने र आफ्नो भुमि छोडेर अर्काको भुमिमा गएर आफ्नो शारीरिक श्रम वा बौदिक परिश्रम सित्तैमा बेचिरहेका छन् । युवाहरुले आफ्नो राष्ट्रको महत्व नबुझ्नु सामान्य घट्ना हो किनकी देशका नेता भनाउदा हरुले आफ्नो राजनितिक फोहरी खेल युवाका काँधमा चढाएर हिड्ने चलनले आज नेपाली राजनितिले भिन्दै अंगको स्वरुपलाई लिन पाएको छ । राजनिति कर्मिहरुले युवालाई बढि प्रयोग गर्ने र आफ्नो स्वार्थ पुरा भएपछि फर्केर नहेर्ने चलन छ । कुलत बिशंगतमा फस्ने भनेकै युवा पुस्ता रहेका छन् र यसमा भ्रष्ट शासकहरु हर्षित भैरहेका छन् । हाम्रा गाउँघरका युवापुस्ता कुनै दृष्टिकोणबाट पनि माथि उठ्न सकेका छैनन् । उनिहरुको क्षमता र प्रतिभालाई रचनात्मक, गुणात्मक र बिकासिल कार्यमा समेटन सकिएको छैन यो आफैमा राम्रो होईन । आजभोलि शहर बजारका कलेज, स्कुलमा पढ्ने युवाहरुले आफ्नो रितिरिवाज, सभ्यता, साहित्य, कला र मौलिकतालाई उजाड बनाईदिएका छन् । उनिहरुका हरेक कदम कलेज र स्कुलमा भन्दा पनि डे«स, सिनेमा हल, रेष्टुरा, कटेज, ढावा, भट्टी, पार्टिमा लम्कीन्छन् र रमाउछँन् । 

समग्रमा भन्नुपर्दा युवा पुस्ताको स्थिति असामान्य छ फलस्वरुप नेपालले बर्तमान र भोलिका दिनमा पनि ठुलो मुल्य चुकाउनु पर्ने अवस्था सृजना हुनेछ । किनकी युवा देशको बर्तमान र भविष्य, सामाजिक, आर्थिक, सांस्कृतिक र राजनितिक परिवेश निर्धारण गर्ने प्रमुख सुचक हो ।

ब्यवहारीक र गुणस्तरीय शिक्षाको आवश्यकता

Bamdev Pokhrel

शिक्षा मानिसको आधारभूत आवश्यकता हो । मानव सभ्यताको विकास पछि प्राचिनकाल बाटनै यसले मानिसको जीवनमा प्रभाव पारेको पाईन्छ । त्यो अनियमित,अनौपचारिक र औपचारिक रुपमा क्रमश. झन बढ्दै गएको पाईन्छ । बौद्धिक, संस्कृत र गुरुकुलबाट विकास हुँदै गएको शिक्षा प्रारम्भमा सम्भ्रान्त वर्गले मात्र ग्रहण गर्न पाउथे । विपन्न,निमुखा हुदाँ खाने वर्गलाई शिक्षा लिनबाट वन्चित गरिन्थ्यो त्यो विभेदकारि शिक्षाको विरुद्ध अन्याय र अत्याचारमा परेका जनताले बिद्रोह गरेर शिक्षाले आधुनिक युगमा प्रवेश ग¥यो । राष्टू बाइसी, चौबिसी राज्यमा विभाजन भएकाले त्यतिबेला पनि शिक्षाले व्यावहारिकता पाउन सकेन्। राणकालिन समयमा वेलायत भ्रमणपछि जंगबहादुरले नेपालमा आफ्ना भाई छोरालाई पढाउन अंग्रजी शिक्षाको शुरुवात सगै नेपालका शिक्षाले उत्तर आधुनिक चरणमा फड्को मा¥यो । पछि कहि हदसम्म सर्व साधारण नेपाली जनताले पनि अंग्रजी पढ्न पाउने सु अवसर पाए । 

वि.स.२००७ सालको ऐतिहासिक जनआन्दोलन सगैँ प्रजातन्त्रको प्रादुर्भाव भएपनि समायोचित शिक्षाले गति पाउन सकेन् । शिक्षालाई गुणस्तर बनाउन विभिन्न समयमा गणित आयोग,समिति, योजनाहरुले समाधान सहितको प्रतिवेदन बुझाए पनि पूर्ण रुपमा व्यावहारिक कार्यान्वयन भएन । २ दशक अघिदेखि “सबैका लागि शिक्षा” भन्ने नाराका साथ सह्स्राब्दी लक्ष्य तय गरिएको छ । यो सन् २०१५ साल सम्ममा प्राप्त गर्ने भनिए पनि शैक्षिक समस्या समाधानमा देखिएको उदासिनताले पूरा हुने न्यून सम्भवना छा । हाल नेपालमा उच्च शिक्षाका लागि त्रिभुवन विश्व विधालय लगायत ६ वटा विश्वविधालयहरु संचालनमा छन् भने केही प्रस्ताव भईरहेका छन् यि विश्वविधालयहरुमा न त एकै किसिमको शैशिक गुणस्तर छ नत सबैको पहुच नै छ । त्रि.वि.ले बहुसंख्यकलाई समेटे पनि सबैभन्दा बढि शैशिक बेरोजगारी उत्पादन गर्ने कारखाना भएको छ । 

संयूक्त जनआन्दोलन २०६२÷०६३ को सफलता सँगै उदाएको नयाँ नेपालमा विगतको शिक्षा प्रणालीमा देखिएको कमी कमजोरीलाई सच्याउदैँ शिक्षामा आमुल परिवर्तन गर्नु जरुरी छ नयाँ नेपालमा नितान्त व्यावहारिक,गुणस्तरीय र जीवन उपयोगी शिक्षा चाहिएको छ जुन वर्तमान समय अनुरुपको वैज्ञानिक र अन्तराष्टिूय गुणस्तरको शिक्षा दिनुपर्छ । त्यसका लागी शिक्षाको पाठ्यक्रमलाई आमूल परिवर्तन गर्नुपर्छ अनि त्यसलाई संचालन गर्नका लागि ज्ञान,सिप र क्षमता भएका दक्ष जनशक्तिको छनौट गर्नुपर्छ । शिक्षा क्षेत्रलाई राजनितिक हस्तक्षेपबाट टाढै राखेर यो काम गर्नुपर्छ । हाम्रो देश नेपाल प्राकृतिक स्रोत र साधनले धनि राष्टू हो । यिनै स्थानिय स्रोत र साधनको परिचालन गरि आय आर्जन गरेर यूवाहरुलाई विदेश पलायन हुनबाट रोक्ने शिक्षा निति नयाँ नेपालमा अपनाउनु पर्छ । अन्न भण्डारको रुपमा रहका दाङ, बर्दिया, कैलाली, बाँके आदि तराईका जिल्लाहरुमा बैज्ञानिक कृषि प्रणाली अपनाई धान लगायत अन्य खेती गर्ने जुम्ला, मुस्ताङ्ग, आदि जिल्लामा स्याउ खेती गर्न सक्ने कोशी, गण्डकी, कर्णाली आदि नदिमा बिजुली निकाल्न सक्ने ज्ञान र प्रविधि दिन सक्ने शिक्षा नयाँ नेपालमा आवश्यक छ। तव मात्र नयाँ नेपाल साच्चिकै सुन्दर र सम्मुनत बन्नेछ ।